काठमाडौं- उमा आले
डोलान्ड ट्रम्पले इरानसँग सहमति नभएसम्म स्ट्रेट अफ होर्मुजमा लगाइएको नाकाबन्दी नहटाउने स्पष्ट सन्देश दिएपछि अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बनेको छ। यसले दुबै देशबीच सम्भावित वार्तालाई झन् अनिश्चित बनाएको छ भने अन्तर्राष्ट्रिय तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि समेत दबाब बढाएको विश्लेषण गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा इरानमाथि आर्थिक दबाब प्रभावकारी भइरहेको दाबी गर्दै नाकाबन्दीलाई वार्ताका लागि “प्रमुख हतियार” को रूपमा प्रयोग गरिने संकेत दिएका छन्। उनका अनुसार, इरान दैनिक ठूलो आर्थिक क्षतिमा रहेकोले अन्ततः सहमतिमा आउन बाध्य हुने अवस्था सिर्जना हुँदैछ।
उता इरालले भने आफ्नो अडान नछोड्दै नाकाबन्दी हटेपछि मात्रै वार्तामा बस्ने बताएको छ। यसले दुबै पक्षबीच “पहिले को झुक्नेरु” भन्ने कूटनीतिक गतिरोध देखिएको छ। यसैबीच इस्लामावादमामा सम्भावित दोस्रो चरणको वार्तालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। तर, वार्ता हुनेरनहुने अझै टुंगो लागिसकेको छैन।
विश्लेषकहरूका अनुसार, होर्मुज क्षेत्रमा जारी तनाव केवल दुई देशबीचको द्वन्द्व मात्र नभई विश्व ऊर्जा बजारसँग प्रत्यक्ष जोडिएको विषय हो। यदि नाकाबन्दी लम्बिँदै गयो भने तेल आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने सम्भावना छ।
यसअघि पाकिस्तानमै भएको लामो वार्ता निष्कर्षविहीन भएपछि दुबै पक्षको अविश्वास झन् बढेको देखिन्छ। अहिलेको अवस्था हेर्दा, सहमतिको ढोका खुला रहे पनि तत्काल समाधानको सम्भावना भने कमजोर देखिएको छ।
प्रतिक्रिया दिनुहोस्