Skip to content
Recent News
३१ भाद्र २०८२, मंगलवार

किर्तिपुरकाे मेयरमा एमालेले मानन्धरलाई उठाउने

Click media

नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कीर्तिपुरमै आयोजित पार्टीको कार्यक्रममा महर्जनलाई उम्मेदवार घोषणा गरेका हुन् । महर्जन पेसाले इन्जिनियर हुन् ।

सोही कार्यक्रममा उनले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने घोषणा पनि गरेका थिए । कीर्तिपुरमा नगर प्रमुख (मेयर) र २ वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचिन हुँदैछ । उपनिर्वाचनको मिति नजिकिंदै गएसँगै दलहरुले उम्मेदवार घोषणा गर्न थालेका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्